top of page

चाँगे धर्ती आमाकोषद्वारा २०७५/७६ को छात्र वृत्ती वितरण सम्पन्न ।

Nov 25, 2020
1 min read

Updated: Dec 30, 2020



चाँगे धरती आमाकोष संस्था चाँगे अन्तर्गत रहेको गरिव तथा जेनेन्दार छात्रवृत्ति कोषले आ.व. २०७५/७६ को प्रथम चरणको गरिव तथा जेहेन्दार छात्र वृत्तीकोष श्री छाते ढुङ्गा मा. वी. केन्द्र मार्फत श्री छाते ढुङ्गा मा.वी., सरस्वती आधारभूत विध्यालय, ने.रा.आधारभूत विध्यालय, वुद्ध आधारभूत विध्यालय र पोरोक्मी वाल विकास केन्द्रको विध्यार्थीहरुलाई एक कार्यक्रम विच २०७६ असार ६ गते शुक्रवारको दिन वितरण गरेको जानकारी छात्रवृतीकोषकी संयोजक विष्णु कुमारी मुधेन्छङ साँबा लिम्बुले जानकारी दिनु भएको छ ।


यस कार्यक्रम मार्फत ५ विध्यालयका ५ उत्कृष्ट विध्यार्थी तथा ९ जना गरिव तथा जेहेन्दार गरी जम्मा १४ जना विध्यार्थीहरु लावन्भित भएका छन ! कार्यक्रम प्रमुख अतिथी – आठराई त्रीवेणी गाउँ पालिका वडा नं ४ अध्यक्ष श्री डम्बर बहादुर आङ्बुहाङ, छाते ढुङ्गा मा.वी. को प्र. अ. मिन बहादुर आङ्बुहाङ, विध्यालय शिक्षक वर्ग, लावान्वित विध्यालयका शिक्षक प्रतीनिधीहरु , स्थानिय अभिभावकहरु, संस्थाको छात्र वृत्ती कोष संयोजक , संस्थाको अन्य पदाधिकारी तथा सयंसेवकहरुको उपस्थीतिमा कार्यक्रम सम्पन्न भनेको थियो ।


यस कार्यक्रममा उपस्थित सम्पूर्ण शिक्षक वर्ग तथा आभिभावकहरुले संस्थाले सामाजिक तथा शिक्षा क्षेत्रमा पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंशा गर्नुका सथै संस्थाको सम्पूर्ण महान दाताहरुलाई धन्यवाद प्रदान गर्नु भएकोछ भने लावान्वित विध्यार्थीहरु पनि उत्तीकै हर्शित तथा उत्प्रेरित देखिएका थिए ।


कोषको चाँगे मा.वी. केन्द्र अन्तर्गतको छात्रवृत्ती वितरण कार्यक्रम पनि सोही मितिमा सम्पन्न भएको जानकारी कोष संयोजक लिम्बुले दिनु भएको छ । ऊक्त केन्द्रको वृस्तित विवरण आऊन वाँकि छ ।




 
 
 

Comments


bottom of page