मान, सम्मान र सेवा मुल मन्त्र लिएर वृद्द वृद्दा तथा असहाय, अशक्त तथा अपाङ्गहरुको सेवा गर्दै ताप्लेजुङ्गको विकट ठाँऊमा काम गर्दै आएको चाँगे धर्ती आमाकोषलाई भवन नीर्माण गर्नको ६ रोपनी निशुल्क जग्गा प्राप्त भएको छ । आठराई त्रिवेणी -५ मा जन्मिएर हाल दमक झापा वस्दै आऊनु भएका विजय आङवुहाङले करिव ६ लाख मूल्य पर्ने ६ रोपनी जग्गा संस्थाको नाममा ऊपलव्ध गराऊनु भएको हो ।
लाल पूर्जा ताप्लेजुङ प्रदेश सभा सदस्य माननिय टंक आङवुहाङको ऊपस्थितीमा संस्थाकी अध्यक्ष विमला आङवुहाङलाई हस्तान्तरण गरिएको थियो । “पानी खानेले मुल विर्षनु हुदैन, फल खानेले वोट विर्सनु हुदैन” भन्दै आफु जन्मेको, वाबु वाजेले रगत पसिना बगाएको ठाँऊमा यति राम्रो काम गर्ने संस्थालाई सहयोग गर्न पाएकोमा आफु सारै खुशी रहेको र विगतमा पनि सकेको सहयोग गरि रहने ऊहाँले वताऊनु भयो ।
जग्गा दाता आङवुहाङको सम्मानमा धर्ती आमाकोषले मंसिर १७ गते अपरान्ह १२:०० बजे एक विशेष कार्यक्रम राखेक छ । गाऊ पालिकाका अध्यक्ष विश्व सिटौला तथा वडा अध्यक्ष सन्तोष लिम्बु को विशेष ऊपस्थिति रहेन कुरा चाँगे धर्ती आमाकोषले जनाएको छ ।
प्राप्त जग्गामा वृद्द वृद्दाहरुको लागि समय पास गर्ने केन्द्र वनाऊने लक्ष रहेको संस्थाले जनाएको छ । वृद्द वृद्दा , अपाङ्ग तथा हसायहरुलाई वस्न, हिड्न, खेल्न सहज हुने गरिको भौतिक पुर्वाधार बनाऊने लक्ष रहेको र सो कामको लागि पनि दाताको खोजी भई रहेको संस्थाले जनाएको छ ।
दिदीवहिनीहरुले मात्र संचालन गरेको ऊक्त संस्था स्थापनाकालको छोटो समयमानै जिल्लाकै ऊत्कृष्ट संस्था वनि सकेको छ । बृद्द वृद्दहरु, आर्थिक अवस्था न्युन भएका तथा जहेन्दार बिध्यार्थीहरुलाई छात्रबृती तथा पाठ्य सामाग्रीहरु वितरण जस्ता सामाजिक काममा संस्था सकृय छ । सरकारको स्पस्ट नजर पर्न नसक्ने दुर्गम जिल्लाको दुर्गम गाँऊमा कार्यक्रम लक्षित गरेको संस्थाले पारदर्शिता, निश्पक्षता र सेवामुलक भावमा काम गरि रहेको छ । देश विदेशमा रहेका दाताहरुको दान र संस्थाको अक्षय कोषको व्याज रकम संस्थाले गर्ने कार्यक्रमको प्रमुख आर्थिक श्रोत हो ।
Opmerkingen